प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गर्न लागेको बृहत आमसभाका लागि मुख्य जुलुस सुरु

काठमाडौं, माघ २८ ।प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गर्न लागेको बृहत आमसभाका लागि मुख्य जुलुस सुरु भएको छ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्ववमा मध्यान् साढे १२ बजे सुन्धाराबाट जुलुस निकालिएको हो।

सुन्धाराको मुख्य जुलुसअघि राजधानीका पुल्चोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिएको थियो।

सहायक जुलुस सुन्धरा पुगेपछि मुख्य जुलुस सुरु भएको हो। उक्त जुलुस भृकुटी मण्डपमा पुगेपछि आमसभामा परिणत हुनेछ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन्।

त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सभामा सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

नेकपाले बुधबार दुई लाख मान्छे उतार्ने दावी गर्दै आएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…