गुल्मीमा गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा लागे

गुल्मी, माघ २८ । गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् । मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा ।

गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘उहाँ कोभिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँपालिकाले नै दरवन्दी खडा गरेर राख्ने छ ।’

आफ्नै गाउँको छोरा डाक्टर बनेर आएकोमा हर्ष लागेको उनले बताए । डाक्टर शर्माले चितवन मेडिकल कलेजमा दुई वर्ष अघि एमबीबीएसको अध्ययन सकेर त्यहीँ काम गर्दै आएका थिए ।

५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन ईस्मा गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन छन् । केही दिन अघिमात्र पूर्वमन्त्री गोकर्ण विष्टले वडा नम्बर ३ दर्लामचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् ।

त्यसअघि दोहोली मै १५ शय्याको आधारभुत अस्पताल शिलान्यास गरेका पूर्वमन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बिरामीलाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको बताए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…