नेकपाको विरोध प्रदर्शनक कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बन्ने

माघ २८ ,काठमाडौं । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गर्न लागेको विरोध प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक बिहानदेखि अस्तव्यस्त हुनेभएको छ ।

प्रचण्ड नेपाल नेकपाले गर्न लागेको आज उपत्यकामा काठमाडौं बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता, समर्थकहरु उतार्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा गर्न लागेको विरोध प्रदर्शनमा २ लाख बढीको सहभागिता हुने दाबी गरेको नेकपाले उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्दैछ । जसका कारण बिहानदेखि नै चक्रपथभित्रको ट्राफिक अस्तव्यस्त हुनेभएको हो ।

बिहान ११ बजेदेखि जुलुस प्रदर्शन हुनेभएपनि काठमाडौं बाहिरबाट आएका ठूलो समुह चक्रपथभित्र छिर्न थालिसकेका छन् । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट जुलुस निकाल्ने नेकपाले तयारी गरेको छ । जुलुसको नेतृत्व नेकपाका शिर्ष नेताहरुले गर्दैछन् ।

जुलुस रत्नपार्क र भद्रकाली सडकको बीचमा मुलसडकमै विरोध सभामा परिणत हुनेछ । काठमाडौंको मुख्य केन्द्रको मूल सडकमै सभा हुनेभएपछि ट्राफिक बेलुकासम्मै अस्तव्यस्त हुनेभएको हो ।

टुँडिखेल वरिपरिको सडक बन्द हुँदा त्यसको चाप रामशाहपथ पुतलीसडक सडकलाई पर्ने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानलाई छोडेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…