
काठमाडौं, माघ २८ ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज (बुधबार) विरोध सभा आयोजना गर्न लागेका कारण काठमाडौं उपत्यकाको यातायात बिहानैदेखि प्रभावित भएको छ।
ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि सवारीसाधन आवागमनमा असर परेको हो।
ठूला गाडीलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइएको छ भने कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई पनि डाइभर्सन गरिएको छ।
जसले गर्दा बिहानैदेखि जाम सुरु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले बिहानैदेखि बाक्लो संख्यामा जनशक्ति परिचलान गरिएको जनाएको छ।