अनुसन्धानमाथि जताततै आशंका, निर्मलाकै नियति भोग्नु नपरोस् भागरथीले पनि

siddhartha wheel mart

२७ माघ, बैतडी। छोरी–चेलीले सुरक्षा महशुस गर्न नपाउँने ? कहिले सुरक्षित समाज बन्न सक्ला ? बैतडीकी चेलीको बलात्कारपछि भएको हत्याले समाज र सरकार दुबैलाई पुनः एकपटक कठघरामा उभ्याएको छ ।

सुदूपश्चिम प्रदेशकै कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधि २ वर्षसम्म पनि फेला पर्न सकेको छैन । यही नियति दोहोरिने हो कि भन्ने चिन्ता छ, भागरथी भट्टको बलात्कार पछिको हत्या अनुसन्धानमा !

aawash steels

हुनत् प्रहरीले भागरथीको बलात्कारपछि हत्या अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने दाबी गर्दै आएको छ । गत बुधबार वेपत्ता भागरथीको बिहीबार क्षतविक्षत अवस्थामा शव फेला परेको थियो । त्यसयता, उनी निकट केही व्यक्तिसँग सोधपुछ गरिएको छ ।

अनुसन्धानको ढोका साँघुरिएको प्रहरीले बताएको छ । तर, निर्मला पन्तको जस्तै अपराधिले दण्ड नपाउने होकि भन्ने सन्देह बाँकी छ । परिवार मात्र होइन, सिंगो मुलुकलाई प्रहरीसँग त्यतिधेरै विश्वास छैन ।

super kinetic courier

सरकार मात्र होइन, समाज पनि दोषी बन्दैछ । किन आपराधिक मनोवृत्तिले टाउको उठाउन पाइरहेका छन् ? निर्मलाले न्याय पाएको भए सायद, भागरथीले त्यस्तो नियति भोग्नुपर्ने थिएन कि ?

कुर्सीको खेल र राजनीतिक हानाथापमा सिंगो राज्य अलमलिएको छ । मानवअधिकारको संरक्षणमा कोही गम्भीर देखिदैनन् । छोरी–चेलीहरु त्रासमा दैनिकी काट्न बाध्य छन् । घरबाट कतै काममा होस् वा विद्यालय जाँदा होस्, सकुशल फर्किने हो कि हैन चिन्ता थपिन्छ । हाम्रो समाज कता जाँदै छ ?

आपराधिक मनोवृत्तिलाई कतै समाजले नै बढावा त दिंदैछैन ? प्रहरी÷प्रशासन–सरकार गैरजिम्मेवार त बन्दैछैन ? यी प्रश्न हरेक नागरिकको मानसपटलमा उब्जिने गरेको छ । खासै विश्वास छैन ।

यहाँ पहुँचका भरमा अपराधि उम्काइन्छ । न्यायका दिलाउँन र समाजको मनोवृत्ति परिवर्तन गर्न न तपाई न हामी न त सरकार नै गम्भीर छ । हो, आज अर्की चेलीले बलात्कारको शिकार हुनुपरेको छ ।

भागरथीको बलात्कारपछि हत्या :

१७ वर्षीया भागरथी भट्टको शव भेटिएको घटनाले सुदूरपश्चिमवासीलाई चिन्तित बनाएको छ । माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकदार गाउँपालिका ७ चढेपानीस्थित सनातन धर्म माध्यामिक विद्यालयकी विद्यार्थी भागरथीको बनलेक सामुदायिक वनमा शव भेटियो ।

शरीरभरी निलडाम, लुगाहरु च्यातिको, अर्धनग्न अवस्थामा शव भेटियो । यौनांगबाट रगत बगेको थियो । शव जिल्ला अस्पताल बैतडीको शव गृहमा राखियो । शवको पोष्टमार्टमबाट बलात्कारपछि हत्या भएको पुष्टि भयो ।

अहिले ६ दिनवितिसक्यो तर प्रहरीले अपराधि पत्ता लगाउन सकेको छैन । कतै यो घटना पनि गर्भमै रहन्छ कि भन्ने चिन्ता बढेको सुदूरपश्चिमका जनताको चिन्ता छ । डेढ महिना अघि पति गुमाएकी भगरथीकी आमालाई पुत्रीवियोगको बज्रपात पनि थोपरिदा उनीसंग भक्कानिनु भन्दा अर्को सहारा पनि छैन । उनी चेतनाशून्य बनेकी छिन् यतिखेर ।

प्रहरी के भन्छ ?

सबुद–प्रमाणहरु राष्ट्रिय विधि–विज्ञान प्रयोशालामा पठाइएको प्रहरीले बताएको छ । प्रहरी भन्छ–केही दिनमा त्यसका परिणामहरु आउनेछन् । प्रहरीले उता, घटनास्थलमा भागरथी निकटका साथी/आफन्तहरुसँग सोधपुछ बढाएको छ । तर, यर्थाथ पत्ता लागेको छैन ।

आम मानिसलाई विश्वास छैनः

भागरथी हत्या प्रकरणमा अपराधि उम्किने हो कि ? स्थानीय र परिवारलाई चिन्ताले सताएको छ । कारण सुदूरपश्चिम कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझैं प्रहरी नियन्त्रणमा आउन नसक्नुले धेरैलाई प्रहरीप्रतिको विश्वास घटाएको छ ।

निर्मला पन्त हत्या प्रकरणः

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धान महिनौंसम्म अलपत्र पारेको छ । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

घटनाको २६ औं दिनमा घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर जाँच गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०७५ कात्तिक १५ मा प्रहरी प्रधान कार्यालय पठाए पनि जाँच हुन सकेन ।

जसले घटनाको अनुसन्धानमा फेला परेको भनिएको महत्त्वपूर्ण ‘क्लु’ को वैधानिकता पुष्टि हुन सकेन । जिल्ला प्रहरी कार्यालयले मुख्य अभियुक्तका रुपमा दिलिपसिंह विष्टलाई पक्राउ ग¥यो ।

तर, निर्मलाको शवबाट झिकिएको भेजाइनल स्वाबमा भेटिएको वीर्यबाट निकालिएको डीएनए प्रोफाइलिङका क्रममा पक्राउ परेका दिलीपसिंहको डीएनएसँग मेल नखाएपछि सरकारी वकिलको कार्यालयले २०७५ भदौ २६ गते हाजिरी जमानीमा उनलाई छोडिदियो ।

त्यसयता, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु निलम्बनमा समेत परे । पछि उनीहरुको निलम्बन फुकुवा भयो । तर, निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेन ।

समाज अपराध मुक्त त हुन सक्तैन होला तर राज्यले साँच्चै नै चाहने हो भने अधिकांश घटनामा अपराधीलाई सजाय दिलाउन भने सक्छ । अपराधी उम्केको वा फेला नपरेका घटनामा प्रायः अपराध अनुसन्धानका क्रममा हेलचेक्य्राइँ गरिएको हुन्छ ।

यदाकदा अपराध अनुसन्धान गर्ने अधिकारी लोभ वा दबाबमा परेर पनि अपराधी उम्केका उदाहरण छन् । कति राजनीतिक दबाब र शक्ति र सत्ताका आडमा अपराधि खुलेआम हिडेका उदाहरणहरु छन् ।

भागिरथीको हत्याको पनि सही छानबिन हुँदैन कि भन्ने आशंकाको कारण यही अविश्वास हुनुपर्छ । यसैले भागिरथी हत्याको सही अनुसन्धान र अपराधीलाई सजाय दिलाउने विषय नेपाल प्रहरीका साथै समाज र शासकका लागि पनि आफ्नो क्षमता, नियत र इमानदारी सिद्ध गर्ने चुनौती हुन पुगेको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…