भागरथी भट्टको शव बुझ्न परिवारले गरे अस्वीकार

siddhartha wheel mart

बैतडी, माघ २७ ।बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव बुझ्न परिवारले अस्वीकार गरेको छ।

घटनाको सत्यतथ्य छानविन गरी अपराधीलाई कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने भट्ट परिवारले अडान लिएका कारण पाँच दिनदेखि शव अस्पतालमै रहेको हो।

‘घटनाको छानविन गरेर दोषी पहिचान नहुञ्जेलसम्म शव बुझ्दैनौँ। घटना भएको ६ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा हत्यारा पत्ता लगाउन सकेको छैन’, मृतक भागरथीका आफन्त महादेव भट्टले भने, ‘हाम्रो माग भनेको निष्पक्ष छानविन गरे दोषी पत्ता लगाउने र उनलाई कडा भन्दा कारबाही कारबाही गर्नुपर्छ भन्ने हो। भागरथीको न्यायकै लागि हामीले शव नबुझेका हौं।’

aawash steels

परिवारले शव बुझ्न नमान्दा अहिले जिल्ला अस्पतालको शवगृहमै राखिएको छ। पोस्टमार्टमका लागि घटनास्थलबाट शव अस्पताल ल्याइएको थियो।

माघ २१ बुधबार बुधबार विद्यालयबाट फर्कने क्रममा सम्पर्कविहीन भएकी भागरथीको बिहीबार साँझ हत्या गरी फालिएको अवस्थामा घर नजिकैको लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

super kinetic courier

सोमबार आएको पोस्टमार्टममा अनुसार भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो। प्रहरीका अनुसार मृतक किशोरीकोे टाउको र हातमा तथा यौनाङ्गमा पनि गहिरो चोट लागेको देखिएको छ।

दबाब दिन चरणबद्ध आन्दोलन
भट्टको हत्या भएको खबरपछि अपराधी पत्ता लगाउन दबाब दिन सुदूरपश्चिका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन्। बैतडीमा स्थानीयले संघर्ष समिति गठन गरेर अपराधीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलनमा होमिएका छन्।

समितिले दोगडाकेदार गाउँपालिकामा आइतबारदेखि तीनदिने शैक्षिक हडतालको घोषणा समेत गरेको थियो। संघर्ष समितिका अनुसार माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आमहडताल गर्ने घोषणा कार्यक्रम छ।

कञ्चनपुर, कैलाली, डडेल्धुरा, अछामलगायतका जिल्लामा भागरथीका लागि न्यायको माग गर्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाजस्तो लापरबाही नगरी अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै स्थानीय सर्वसाधरण, राजनीतिक दलका नेता कार्यकर्ता, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतले प्रहरी प्रशासनलाई घचघच्याइरहेका छन्।

पन्तको बलात्कारपछि हत्या भएको घटनाबाट पाठ सिकेको प्रहरीले भागरथी प्रकरणमा संवेदनशीलता देखाएको छ। घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय र जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण अधिकारीको छुट्टाछुट्टै टोली सक्रिय छ। सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदी पनि घटनास्थलको अध्ययनका लागि बैतडीमै छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…