काठमाडौं, माघ २७ ।संयुक्त राष्ट्रसंघको एउटा गोप्य रिपोर्टमा उत्तर कोरियाका ह्याकरले परमाणु हतियार खरिद गर्नका लागि ३० करोड डलर चोरी गरेको जनाइएको छ।
उक्त गोप्य रिपोर्ट उदृत गर्दै सीएनएनले दिएको जानकारीअनुसार सन् २०१९ र २०२० भित्र सर्वोच्च नेता किम जोङ उनको आदेशमा ह्याकरले वित्तिय संस्थामा आक्रमण गरेका हुन्।
अन्तर्राष्ट्रिय कानुनले मान्यता नदिएको क्षेप्यास्त्र कार्यक्रमका लागि उक्त पैसा चोरी गरिएको बताइएको छ।
रिपोर्टले किमको सरकारमाथि डिजिटल मुद्रा कारोबार हुने संस्थामा ह्याकिङ गरेर देशको धर्मर आर्थिक अवस्थालाई मजबुत बनाउन र हतियार कार्यक्रम संचालन गर्न खोजेको आरोप लगाएको छ।
उत्तर कोरियामाथि खोप निर्माता कम्पनीलाई समेत साइबर आक्रमण गरेको आरोप लागेको छ।