प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने

siddhartha wheel mart

काठमाडौं, माघ २७ ।नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) निर्वाचन आयोग जाने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार उनी आज बिहान ११ बजे कान्तिपथस्थित आयोगको कार्यालय पुग्नेछन्।

नेकपा विभाजनसम्बन्धी विवादबारे छलफल गर्न उनी आयोग जान लागेका हुन्।

aawash steels

यस विषयमा छलफलका लागि आयोगले नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेको भए पनि प्रचण्ड–नेपाल पक्षले थप समय मागेको हुनाले छलफल हुन सकेको थिएन।

प्रचण्ड–नेपाल पक्षका नेताले आफ्ना दुवै अध्यक्ष उपत्यकाबाहिर रहेको भन्दै छलफलको समय केही दिन सार्न आयोगसँग आग्रह गरेपछि ओली पक्षका सुवास नेम्वाङसहितका नेता आयुक्तहरूसँग अनौचापरिक छलफल गरेर फर्किएका थिए।

super kinetic courier

त्यसको केही दिनपछि प्रचण्ड र माधव नेपाल आफ्नो टोलीसहित निर्वाचन आयोग पुगेर आफू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गरेका थिए।

अब आज प्रधानमन्त्री ओली आयोगमा गएर आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन्। साथै उनले सरकारले वैशाख १७ र २७ का लागि तोकेको निर्वाचनको तयारीबारे पनि आयोगसँग जानकारी लिने स्रोतले जनाएको छ।

गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेयता सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएको छ।

प्रचण्ड–नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आफू नै आधिकारिक नेकपा भएको दाबी गरिरहेको छ भने ओली समूह पनि आफू नै मूल पार्टी भएको अडानमा छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…