सुष्मा कार्कीले आफुभन्दा कान्छी श्वेतालाई आन्टी र दिदी भनेकोमा उनको ट्रोल बन्यो

काठमाडौं, माघ २६ ।नेपालकी अभिनेत्री सुष्मा कार्की पछिल्लो समय निकै चर्चामा आएकी छिन्।

हालै अभिनेत्री श्वेता खड्का र सुष्मा कार्कीको विषयको विवाद प्रहरीसम्मै पुगेको थियो।

उक्त विवाद सेलाउन नपाउँदै सुष्मा श्वेता खड्काको विषयमा दिएको बयानका कारण चर्चामा आएकी हुन्। उनी ट्रोलको शिकार बनेकी छिन्। उनका सयौं मिमहरु बनेका छन्।

नायिका सुष्मा कार्कीले हालै श्वेता खड्काकी बहिनी आरती र युट्युबर उत्सव रसाइलीविरुद्ध आफूमाथि दुर्व्यवहार भएको भन्दै मुद्दा हालेकी थिइन्। एउटा रेस्टुरेन्टमा भएको विवादमा सुष्मामाथि हातपातै भएको प्रहरीमा उजुरी परेको थियो।

हाल उक्त विवाद टुंगिसकेको छ। तर नेपाली टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’मा अन्तर्वार्ताका क्रममा सुष्माले श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको विवादस्पद भनाइ राखेकी छिन्।

(फेसबुकमा बनेको मिम भिडिओ)

 

जसका कारण उनको सयौं ट्रोलहरु बनेको छ। उनी मिमको शिकार बन्नुको मुख्य कारण होः वास्तवमा उनी ३५ वर्षकी हुन्। श्वेता भने उनीभन्दा तीन वर्षले कान्छी हुन्।

आफूभन्दा कान्छीलाई आन्टी र दिदी भनेकोमा उनको ट्रोल बनेको हो।

त्यसबाहेक विवाह जेठा कान्छा जोसँग गरेपनि त्यो श्वेताको आन्तरिक विषय भएको पनि प्रतिक्रिया आइरहेको छ भने सुष्माको आलोचना भइरहेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…