कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत नेपालमा आज दोस्रो चरण सुरु

siddhartha wheel mart

काठमाडौं, माघ २६ ।कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत नेपालमा आज दोस्रो चरण सुरु गरिँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि अग्रपंक्तिमा  खटिएका पत्रकारलाई कोरोनाविरुद्ध खोप दिइनेछ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको काेभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई लगाइएकाे थियाे। दोस्रो चरणमा पत्रकार, संयुक्त राष्ट्रसंघ, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप दिइने मन्त्रालयले जनाएको छ।

aawash steels

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नयाँ बानेश्वरस्थित निजामती  कर्मचारी अस्पतालमा सोमबारदेखि ५ दिनसम्म अग्रपंक्तिमामा काम गर्ने पत्रकारलाई खोप दिइने जानकारी दिए।

उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए।

super kinetic courier

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग मागेकाे देशभरिका पत्रकारको विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३ हजार पत्रकार छन्।

पहिलो चरणमा १ लाख ८४ हजार ८५७ जनालाई खाेप लगाइएको छ मन्त्रालयले जनाएकाे छ। पहिलो चरणको अभियान शनिबार सकिएको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…