प्रचण्ड–नेपाल नेतृत्वको नेेेेकपाले माघ २८ गते गर्न लागेेेको विरोधसभामा सहभागिताका लागि सबैलाई अनुरोध

काठमाडौं, माघ २५ ।प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही माघ २८ गते काठमाडौँमा गर्न लागेका जनप्रदर्शन तथा विरोधसभामा सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन्।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रतिनिधि सभा विघटनका विपक्षमा, प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न लागि विरोध सभाको आयोजना गरिएको भन्दै सहभागिताका लागि आग्रह गरेका हुन्।

प्रचण्ड–नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने आफूहरुको अभियानमा साथ दिन भिडिओमा आग्रह गरेका हुन्।

सामवेशी शासन प्रणालीलाई सदृढ बनाउन र भ्रष्टाचारको विरोधमा सशक्त आवाजका उठाउनका लागि पनि विरोध सभामा सहभागी हुन आग्रह गरिएको छ।

विगतमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै, सधार गर्ने प्रतिवद्धतासमेत अध्यक्षद्वयले गरेका छन्।

भिडिओमा दुवै अध्यक्षले पालैपालो बोलेका छन् भने कतैकतै यसअघिका विरोधसभाका दृश्य समेत देखाइएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। प्रतिनिधि सभा विघटनको विरोमा प्रचण्ड–नेपाल समूहले सडक प्रदर्शन गर्दै आएको छ। नेकपाले यसअघि ९ गते पनि नेकपाले उपत्यकामा सभा गरेको थियो। त्यस्तै नेकपाको ओली समूहले भने २३ गते उपत्यकामा जनसभा गरिसकेको छ।

हेरौँ भिडियो

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…