सभामुख सापकोटाले दर्ता गराएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं, माघ २५ ।संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमाथि आज (आइतबार) सुनुवाइ हुँदै छ।

सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको सो रिट निवेदनमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

सभामुख सापकोटाको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका छन्।

सापकोटाले संसद् र संसदको सुनुवाइ समिति समेत नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए।

उनले संवैधानिक परिषद्द्वारा गरिएको ती पदाधिकारीहरुको सिफारिश प्रक्रियासमेत अवैध र असंवैधानिक भएको भन्दै सो प्रक्रिया बदर हुनुपर्ने माग गरेका छन्।

तर त्यसको वेवास्ता गर्दै गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई सपथ ग्रहण गराइएको थियो।

उनीहरुले आफ्नो कार्यभार सम्हालिसकेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…