
काठमाडौं, माघ २५ ।आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालले अहिले जारी प्रतिगनविरुद्धको आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छन्।
जलजला टिभी प्रालिले शनिबार सार्वजनिक गरेको ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीत स्मिता दाहालले नवीन खड्कासँग मिलेर गाएकी हुन्।
शब्द खड्काकै रहेको गीतमा एरेन्ज/लय तिलक वलीको हो।
प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले यसअघि अन्य चर्चित गीत गाइसकेकी छन्।