प्रधानमन्त्री ओली र वकिलको ओठ तालु सुकिसकेको:रामचन्द्र पौडेल

काठमाडौं, माघ २४ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिने दावी गरेका छन्।

शनिबार गृहजिल्ला तनहुँमा आयोजित शुभेच्छुक संस्थाको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले मनमोहन अधिकारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्टिएको उदाहरण दिँदै अहिले पनि संविधान हेरेर र पढेर अगाडि बढे प्रतिनिधि सभा पुनस्र्थापना हुने दावी गरेका हुन्।

उनले असंवैधानिक प्रतिनिधि सभा विघटनलाई संवैधानिक बनाउन प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने बताए।

‘मनमोहन अधिकारीले अविश्वासको प्रस्ताव आउँछ भनेपछि अल्पमतको प्रधानमन्त्रीले संसद विघटन गरिदिए। तर अदालतले उल्ट्याइदियो’, उनले भने, ‘त्यसरी नै अदालतले संविधानलाई हेरेर, पढेर निर्णय गर्ने हो भने यो पनि उल्टिन्छ।’

उनले पछिल्लो समय प्रधानमन्त्री ओलीको ओठ तालु सुकिसकेको बताए। उनले अदालतमा ओलीको पक्षमा बहस गर्ने वकिलको पनि ओठतालु सुकेको बताए।

‘मैले हिजो प्रधानमन्त्री केपी ओलीको भाषण पनि सुने, तिनको पनि ओठतालु सुकेको छ, हिजो मेले अदालतको बहस हेरेँ, त्यहाँ पनि ओलीका वकिलहरुको ओठतालु सुकेको छ’, पौडेलले भने, ‘प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ भन्ने कुरा बलियो भएर आएको छ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…