प्रचण्ड–नेपाल नेतृत्वले बैतडीकी किशोरीको विभत्स हत्याको सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह

siddhartha wheel mart

काठमाडौं, माघ २४ ।प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीकी १७ वर्षीया किशोरीको विभत्स हत्याको सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ।

शनिबार अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति प्रकाशित गर्दै भागरथीको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको बताएका छन्।

बुधबार विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ घरनजिकैको जंगलमा मृत भेटिएकी थिइन्। घटनाको अनुसन्धान अहिले जारी छ।

aawash steels

निर्मला पन्तको हत्याराले न्याय नभएको जनआक्रोस सेलाउन नपाउँदै सोही प्रकारको अर्को घटना हुनुले राज्यसंयन्त्र शान्ति सुरक्षा दिन असफल भएको प्रमाणित भएको नेकपाको ठहर छ।

पन्तको घटनामा जस्तै यो घटनामा पनि गैरजिम्मेवार नबन्न र घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न समेत नेकपाले माग गरेको छ।

super kinetic courier

‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आमजनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिने राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं।’

नेकपाले मृतक भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…