कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध अहिले संयुक्त आन्दोलनका बारेमा केही नसोचेको:रामचन्द्र पौडेल

siddhartha wheel mart

काठमाडौं, माघ २४ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध अहिले संयुक्त आन्दोलनका बारेमा केही नसोचेको बताएका छन्।

शनिबार गृहजिल्ला तनहुँको दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले कांग्रेस अहिले अदालतको फैसलाको प्रतीक्षामा रहेको बताए।

‘कांग्रेस अहिले आन्दोलन होइन, अदालतबाट आउने फैसलाको प्रतीक्षामा छ’, उनले भने, ‘संयुक्त आन्दोलनका बारेमा अहिले केही सोचेका छैनौँ।’

aawash steels

नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए। उनले अहिले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिए।

नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै उनले नयाँ राजनीतिक ध्रुुविकरणका लागि अवसर भएको बताए।

super kinetic courier

‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ”, पौडेलले भने।

उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए। झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो।

नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको भन्दै पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताए। ‘एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंगो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्छ’, उनले भने।

कांग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ नेता पौडेलले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गरे।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…