
काठमाडौं, माघ २३ ।तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिनापछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन् त्यसपछि उनिहरू बारे नयाँ खुलासा भयो ।
अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् ।
यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै नरहने समेत उनले बताएकी छन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् ।
नारायणसंग एक सामाजिक एपमार्फत भेट भएको र नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेम-जालमा परेको बताइन् ।
नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइवाहेक कोही छैन भनेका थिए ।
यसरी उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको तर अहिले अाएर मात्र उसको घरमा पनि श्रीमती छोराछोरी पनि रहेको थाहा पाएको बताइन् ।
यसैक्रममा अन्तिमपटक राहुल र स्मिता एकैपटक मिडियामा देखिएका थिए । जहाँ उनिहरू निकै भक्कानिरएर रोएका छन् । भने राहुलले स्मितालाइ छोरी भेट्न अाउनु बस्न मन लागे २/४ दिन बसेर जानु भनेका थिए ।