प्रगतिशील पत्रकार संघ, नेपालले कोरोना संक्रमणको बहानामा कामबाट निकालिएका पत्रकारहरुलाई काममा फिर्ता बोलाउन माग

siddhartha wheel mart

काठमाडौं, माघ २३ ।प्रगतिशील पत्रकार संघ, नेपालले कोरोना संक्रमणको बहानामा कामबाट निकालिएका पत्रकारहरुलाई काममा फिर्ता बोलाउन माग गरेको छ।

दाङको भालुबाङमा सम्पन्न संघको बैठकले कुनै पनि बहानामा श्रमजीवीहरुलाई कामबाट निकाल्ने वा पारिश्रमिक नदिने कुराको विरोध गरेको छ।

समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघका सचिव श्यामलाल पोखरेलले कामबाट निकालिएका पत्रकारहरुलाई काम गर्ने वातावरणसहित फिर्ता बोलाउन माग गरेका छन्।

aawash steels

बैठकले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनासर्त उपलब्ध गराउन मिडियाहाउसहरुलाई आग्रह गरेको छ। पारिश्रमिक नदिने मिडियाहाउसहरुलाई दवाव दिने र कारवाहीको माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

संघले सातवटै प्रदेश समितिको पुनर्गठनसमेत गरेको छ। यस्तै, महासंघको निर्वाचन तयारीका लागि अध्यक्ष उदय जिएमको नेतृत्वमा वार्ता समितिसमेत बनाएको छ।

super kinetic courier

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम प्रतिगामी र असंवैधानिक भएको ठहर गर्दै संसद पुनर्स्थापनामा जोड दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए…

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको…

सेयरबजारमा ३९.२३ अंकको गिरावट

काठमाडौं,फाल्गुन १९ । सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ। बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क…

देउवा: प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने

काठमाडौं,फाल्गुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा…

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको…

काठमाडौं,फाल्गुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ। बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं,फाल्गुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बिहान साढे ११ बजे सुरु भएको…