कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २२ लाख ५६ हजार डोज कोभिड–१९ विरुद्धको खोप पाउने

siddhartha wheel mart

काठमाडौं, माघ २२ ।नेपालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २२ लाख ५६ हजार डोज कोभिड–१९ विरुद्धको खोप पाउने भएको छ।

विश्व स्वास्थ्य संगठनले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिकाअनुसार नेपालले उक्त संख्यामा खोप प्राप्त गर्ने भएको हो।

भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो। हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप नेपालभर लगाइँदैछ।

aawash steels

चीनले पनि तीनलाख डोज कोभिड खोप सहयोगस्वरुप दिने घोषणा गरेको छ।

डब्लूएचओले नेपालले कहिलेसम्म खोप प्राप्त गर्ने भन्ने मिति खुलाएको छैन। स्वास्थ्य मन्त्रालयले अप्रिलसम्म कोभ्याक्स सुविधा अन्तर्गतको खोप आउने विश्वास लिएको छ।

super kinetic courier

कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त खोप ३ प्रतिशत जनसंख्यालाई लगाउन पुग्नेछ।

उक्त खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ।

कोभिड खोप एकजना व्यक्तिलाई दुई डोज लगाउनुपर्ने हुन्छ। सोअनुसार जति डोज खोप हो सो संख्याको आधा जनसंख्यालाई पुग्छ भने बितरण तथा लगाउने क्रममा केहि मात्रा खेर पनि जान्छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुट

काठमाडौं,फाल्गुन २४ । नेपाल सरकारबाट ‘ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ। स्वस्थ…

ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई…

काठमाडौं,फाल्गुन २४ । ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई सजिलै पराजित गरेको छ। आइतबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–१…

नेकपा बदर हुने फैसला गरेपछि प्रचण्ड–नेपाल पक्ष गम्भीर असहमतिमा

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि यस पार्टीको प्रचण्ड–नेपाल पक्षले गम्भीर असहमति जनाएको…

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…