प्रचण्डले आफ्नै पार्टीले आयोजना गरेको आमहड्तालमा सहभागी हुन गरे गाडीको प्रयोग

काठमाडौं, माघ २२ ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले आयोजना गरेको आमहड्तालमा सहभागी हुन गाडीको प्रयोग गरेका छन्।

बिहीबार जारी आमहड्ताललाई सफल बनाउन सडकमा ओर्लिएका प्रचण्ड गाडी चढेर निवास खुमलटारबाट पुल्चोक पुगेका हुन्।

बिहान खुमलटार निवासबाट निस्किएका प्रचण्ड बा१७च ३० ७१ को ल्यान्ड क्रुजर गाडी चढेर सातदोबाटो र पुल्चोक पुगेका हुन्। नेकपाले आमहड्तालका क्रममा सवारीसाधन चल्न नदिने घोषणा गरे पनि प्रचण्डले भने आफूँले सधैँ चढ्दै आएको गाडी प्रयोग गरेका हुन्।

गाडीबाट ओर्लिएर प्रचण्ड पुल्चोकको बीचसडकमा केही समय पँलेटी कसेर बसेका थिए। उनले त्यहाँ रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नारावाजी समेत गरेका थिए। त्यसपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन हुने र आन्दोलनले ओली सरकार ढाल्ने बताएका थिए।

त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपाल पनि स्कुटी चढेर आन्दोलनको निरीक्षण गर्न कोटेश्वर चोक र सातदोबाटो पुगेका थिए।

नेकपाको बन्दका कारण उपत्यकालगायत देशभर केही निजी गाडी चले पनि सार्वजनिक सवारीसाधन भने चलेका छैनन्। बन्दका कारण सर्वसाधारणले सास्ती व्यहोर्नू परे पनि नेताहरुले गाडीको प्रयोग गरेको भन्दै आलोचना सुरु भएको छ।

नेकपाले संवैधानिक आयोगमा सरकारले बिहीबार जबर्जस्ती नियुक्ति गरेको भन्दै नेकपाले बिहीबारका लागि देशव्यापी आमहड्तालको घोषणा गरेको थियो।

आमहड्ताललाई सफल बनाउन नेकपाका स्थायी समितिका १४ जना नेताहरु विभिन्न स्थानमा खटिएका छन्। कार्यकर्ताहरु पनि सडकमा प्रधनमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गरिरहेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…