आमहडतालमा अष्टलक्ष्मी शाक्यसहित ६० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौ, माघ २२ ।आमहडताल सफल पार्न काठमाडौंमा परिचालित प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ६० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अष्टलक्ष्मी शाक्य कलंकी चोकका लागि आमहडताल कमान्डर हुन्।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘अहिलेसम्म ५०/६० जना नेता कार्यकर्ता पक्राउ गरिएको सूचना आएको छ, डिटेल आउने क्रम जारी छ।’

उनका अनुसार अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको हो भने चाबहिल, बागबजारलगायत क्षेत्रबाट पनि नेता कार्यकर्ता पक्राउ गरिएको छ।

नेता रिजालका अनुसार नेता हितमान शाक्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ।

तीनवटा गाडीमा क्षति

प्रहरीले भने ७५ भन्दा बढी नेता/कार्यकर्तालाई पक्राउ गरिएकाे जनाएकाे छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशीललसिंह राठौरका अनुसार केही केन्द्रीय नेतासहित तोडफोडमा संलग्नलाई पक्राउ गरिएकाे हाे।

राजधानीमा बन्दकर्ताले तीनवटा गाडीमा क्षति पुर्‍याएका छन्। एउटा टाटासुमो, एउटा ट्याक्सी र एउटा बसमा क्षति पुर्‍याइएकाे हाे।

प्रहरीका अनसार गंगबुमा टाटासुमो र मित्रपार्कमा बस तोडफोड गरेका छन्। गंगबुमा बिहानै ट्याक्सीमा आगजनी गरिएकाे हाे।

आफ्नो बन्द सफल पार्न बिहीबार बिहानैदेखि काठमाडौंका सडकमा उत्रिएका नेकपाका नेता कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भइरहेको छ।

प्रचण्ड–माधव समूहले हडतालका लागि काठमाडौं उपत्यकाका ११ स्थानमा कमान्डर तोकेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…