
दोलखा, माघ २१ ।दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्वर १ पवटीका एक जना भुकम्प पिडीत लाभग्राहिले कुलपुँजा गर्ने मन्दिर देखाएर तीन लाख अनुदान लिनु भएको छ ।
गाउँपालिकाको वडा नम्वर १पवटीका डम्वर कुमारी कार्कीले साविक वडा नम्वर ९मा थापाहरुले कुलपुजाँ गर्दै आएको कुलको मन्दिर देखाएर निजी आवास निर्माणको तीन लाख रुपैयाँ रकम लिएको पवटीका ईन्जिनियर धुबेन्द्रकुमार चौधारीले जानकारी दिनुभयो ।
कार्कीको साविक वडा नम्वर १ मा लाभग्राहि पहिचान भएको भएपनि साविक वडा नम्वर ९ मा कुलपुजाँ गर्नका लागि बनाएको मन्दिर देखाएर तीन लाख रकम लिएको पाईएको छ । गत वर्ष मुत्यु भएको कार्कीले २०७५ जेष्ठ २८ गते चरिकोटमा रहेको नेपाल बैँकबाट तीन लाख लिनु भएको थियो । यता जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वधारको कार्यालय चरिकोटले यहि माघ ८गते अनुदान फिर्ता गराउनका लागि पालिकालाई पत्रचार गरेको छ ।