आजकोNepal४ असोज २०७८, सोमबार

राहुल गुरुङले उनकी श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिने

काठमाडौं, माघ २१ ।पछिल्लो समय चर्चामा रहेको तनहुँको एक घटनामा नयाँ ट्वीष्ट आएको छ । राहुल गुरुङले उनकी श्रीमति स्मिताले गरेको गल्तीलाई माफी दिने भनेका छन् । फेरी उनले भनेका छन् की राहुल भारतीय सेनाको पल्टनमा हुँदा राहुलको घरमा आउन र बस्न सक्छिन् ।

राहुलले उनको छोरीको भविष्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि असाध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागेर अलग हुन लागेको बताए । स्मिताले पनि राहुलको र छोरीको माया लागेपनि समाजका कारण अलग हुनु नै ठिक भएको बताएकी छिन् ।

भारतीय लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भयो ।

aawash steels

स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् ।

उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे । तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् ।

नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।

अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । पछि दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् ।

स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुङ इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् ।

Video

प्रतिक्रिया :

भर्खरै प्रकाशित

बाटोमै चिप्लिएर लडेकी महिलाको मृत्यु

मोरङ, ४ असोज । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ । स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका…

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

काठमाडौं, ४ असोज । स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर…

रहस्यमय बन्दै संखुवासभा सामुहिक हत्याकाण्ड, थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान अगाडि…

आजदेखि ११ दिन देशैभर भेरोसेल खोप दिइँदै, कुन जिल्लामा कुन…

काठमाडौं, ४ असोज । सरकारले आज (सोमबार) देखि ११ दिनसम्म देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल…