
सर्लाही, माघ २१ । आन्दोलनरत नेकपाले बुधबार साँझ सर्लाहीका विभिन्न स्थानीय तहमा मशाल जुलुश प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरुमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बिहीबारको लागि आह्वान गरेको आमहड्तालको पूर्व सन्ध्यामा सर्लाहीमा पनि मशाल जुलुस प्रदर्शन गरिएको हो।
हरिवनमा आयोजित मशाल जुलुशको नेतृत्व नेकपाका केन्द्रीय सदस्य अच्युतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकी, प्रदेश सांसद डिल्ली उप्रेती लगायतले गरेका थिए। जुलुशमा सहभागीले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नारावाजी गरेका थिए।
मशाल जुलुशपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य डिल्ली उप्रेतीले संसद पुनस्र्थापनले मुलुकको संकट समाधान नहुने बताए।