
काठमाडौं, माघ २१ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०६ जना निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ।