अहिलेको समयमा निर्वाचन हुन नसक्ने : डा.बाबुराम भट्टराई

siddhartha wheel mart

काठमाडौं, माघ २१ ।जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन्।

जसपा चितवनले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा अध्यक्ष भट्टराईले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बताए। उनले भने, ‘हामी नजितेसम्म लड्छौँ। बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ।’ पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उनले बताए।

aawash steels

फरक प्रसंगमा उनले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुंग्याएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिए। ‘पार्टीलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने योजनाका साथ हामी लागेका छौँ’, उनले भने। रासस

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…