शुष्मालाई ५ वर्ष जेल हाल्ने सम्मको प्रमाण छ भनी श्वेता खड्काले भने

siddhartha wheel mart

काठमाडौं, माघ २१ ।नायिका शुष्मा कार्कीले आफूमाथि अर्की नायिका श्वेता खड्का, पत्रकार उत्सव रसाइली र श्वेताकी बहिनी आरतीले कुटपिट तथा गालीगलौज गरेको आरोप लगाएपछि श्वेताले उक्त आरोप झुटो भएको बताएकी छन् ।

शुष्माले लगाएको आरोपबारे नायिका खड्कासँग प्रतिक्रिया लिंदा उनले भनिन्–‘चर्चामा आउनका लागि शुष्माले अरुसँग नाम जोडेर झुटो आरोप लगाएकी हुन् । यो विषयमा उहाँलाई नै सोध्नुहोला । म कस्तो स्वभावको मान्छे भन्ने सबैलाई थाहा छ ।’

‘बहिनीलाई पटक–पटक खिल्ली उडाएर रसाईलीलाई तल्लो जातको भन्दै जथाभावी बोलेपछि विवाद भएको हो । ती कुराहरु पनि बाहिर आउलान नि यसरी कसैलाई व्यक्तिगत रुपमा आँच आउने गरी तल्लो जातको भन्दै हेप्न पाइन्छ रु हामीसँग उनलाई ५ वर्ष जेल हाल्ने सम्मको प्रमाण पनि छ ।’– नायिका खड्काले थप भनिन् ।

aawash steels

नायिका खड्काले क्लबको भिडियो फुटेज हेरे सबै कुरा छर्लङ्ग हुने पनि बताइन् ।नायिका कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुुटपिट र गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिने बताएपछि समाचार एकाएक भाइरल भएको छ ।

नायिका स्वेता खड्काले समेत आफूलाई अपशब्द प्रयोग गरेको समेत शुष्माले आरोप लगाएकी छन् ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौं,फाल्गुन २५ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ। हरेक साता शुक्रबार र…

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…