बाग्मती प्रदेश सरकारद्वारा सरकारीस्तरकै पहिलो आवासीय विद्यालय सुरु

siddhartha wheel mart

दोलखा, माघ २१। बाग्मती प्रदेश सरकारले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय सुरु गरेको छ । विद्यालयको २९औं अभिभावक दिवसको अवसरमा विद्यालयको नाम परिवर्तन गरी नीलकण्ठेश्वर आवासीय विद्यालय घोषणा गरिएको छ ।

बागमती प्रदेश सांसद विशाल खड्का र प्रदेश शिक्षा विकास निर्देशानालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले सरकारीस्तरको आवासीय विद्यालय सुरुवातको घोषणा गरेका हुन् । पहिलो चरणमा ५ वटा विद्यालयलाई आवासीय रूपमा सञ्चालन गर्नका लागि दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा रहेको नीलकण्ठेश्वर मावि छनोटमा परेको निर्देशक लुँइटेलले बताए ।

प्रदेश सांसद खड्काले आवासीय विद्यालय सुरु भएपछि विद्यालयको शैक्षिक गुणस्तर विकास हुने विश्वास गरे । अब दुर्गमका विद्यालयमा पनि आवासीय रूपमा सञ्चालन गर्दा सहरका नाम चलेका आवासीय विद्यालयको जस्तै गुणस्तर आउने बताए । “सरकारले शैक्षिक गुणस्तरका लागि पहिलो पटक आवासीय रूपमा विद्यार्थीलाई राखेर पठन पाठनको काम सुरु गर्न लागेको हो,” उनले भने, “योजना आयो, अब प्रभावकारी कार्यान्वयन गर्नु स्थानीयको हो ।” सञ्चालनका लागि आवासीय रूपमा सञ्चालन गरेर सफल भएका बुढानिलकण्ठ, सेना र प्रहरीका विद्यालयसँग समेत विद्यालयले समन्वय गर्नसक्ने उनले बताए ।

aawash steels

आवासीय विद्यालयमा बाहिरबाट समेत विद्यार्थी आउन सक्ने र तरकारी, दूध, मासु र अन्नपात विद्यालयमै खपत हुँने हुँदा अभिभावकहरू कृषि उत्पादनमा लाग्नु पर्ने बताए । रोजगारीका लागि खाडी मुलुक र भारतका विभिन्न ठाउँमा कठिन मेहनत गर्नेहरू अब गाउँमै फर्केर कृषि र पशुपालनमा लाग्नसमेत उनले आह्वान गरे ।

यो विद्यालय सांसद खड्काकै पहलमा आवासीय विद्यालय सुरु भएको विद्यालयका प्रधानाध्यापक शान्त लामा शेर्पाले बताए ।

super kinetic courier

प्रदेश सरकारबाट कार्यक्रममा छनोट भएसँगै पूर्वाधार निर्माणको कामसमेत सुरु भएको छ । विद्यालय खुल्ने बित्तिकै विद्यार्थीलाई आवासीय रूपमै राख्नु पर्ने भएपछि विद्यालय व्यवस्थापन समिति र विद्यालयको प्रशासन विद्यार्थी व्यवस्थापन कसरी गर्ने भन्ने तयारीमा जुटेको हो । तयारी अन्तिम चरणमा पुगेकाले आउँदो फागुनदेखि एक सय विद्यार्थी पहिलो चरणमा आवासीय रूपमा राख्ने भएको छ ।

नेपाल सरकार बागमती प्रदेशको आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७६ बमोजिम दोलखाको एकमात्र विद्यालयमा प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको हो । शैक्षिक विकास निर्देशानालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकासकै लागि प्रदेश सरकारले आवासीय रूपमा विद्यालय सञ्चालनका लागि पहिलो चरणमा ५ वटा विद्यालय छनोट गरेको जानकारी दिए । यो प्रदेश सरकारकै गौरवको कार्यक्रम भएकाले आवासीय रूपमा विद्यालय सञ्चालन हुने भएपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले अब व्यवस्थापन र शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

पहिलो चरणमा विद्यमान संरचनामा अस्थायी व्यवस्थापन गरेर आवास सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काले बताए । अस्थायी संरचना निर्माणका लागि प्रदेश सरकारले ५० लाख उपलब्ध गराएको छ । त्यसबाट विद्यालय आफैंले संरचना तयार गर्दैछ ।

३७ करोडमा संरचना तयार हुने
प्रदेश सरकारले तयार गरेको विस्तृत आयोजना विकास प्रतिवेदन (डीपीआर) अनुसार ३७ करोड ६१ लाखको संरचना तयार गर्नु पर्नेछ । चालू आर्थिक वर्षमा एक करोड विनियोजन भएकाले बोलपत्र आह्वानको तयारी गरेको छ ।

विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास बन्ने भएको छ । आवासीय विद्यालय पूर्णरूपमा सञ्चालनमा आउँदा ५ सय जनासम्म विद्यार्थी बस्न सक्नेछन् । डीपीआरअनुसार छात्रावास भवन, हललगायतका संरचनाको पूर्वाधार निर्माण सुरु हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार आवासीय विद्यालय बन्ने भएपछि अब शिक्षकहरूलाई विद्यालयको कामबाहेक बाहिर कुनै पनि काम र सामुदायिक काममा समेत नलाग्न निर्देशन दिएको छ ।

विद्यालयको पठनपाठन सुरु हुनासाथ कम्तिमा एक सयजना विद्यालय आवासमा बस्ने र पूर्वाधार बनेसँगै विद्यार्थी थप्दै जाने विद्यालयको योजना छ । विद्यालय आवासीय रूपमा सञ्चालन गर्ने भएपछि अहिले सञ्चालनमा रहेकाभन्दा थप प्राविधिक संकाय र माथिल्लो तहमा समेत अध्ययन गराउने गरी विद्यालयले तयारी थालेको छ ।

पहिलो चरणमा छनोट हुने अन्य विद्यालयमा जनजागरण मावि सिन्धुली, रत्नराज्य मावि सिन्धुपाल्चोक, शंखदेवी मावि धादिङ र राप्ती मावि चितवन छन् । डीपीआरका आधारमा पूर्वाधार निर्माण बागमती प्रदेश सरकारको शिक्षा निर्देशानालयले गर्नेछ । पूर्वाधार निर्माणको काम २ वर्षभित्र हुने उनले बताए । आवासीय रूपमा बसेका विद्यार्थीको खर्चसमेत शिक्षा निर्देशनालयले नै गर्नेछ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…