राति निदाउँदा देखिने सपनाबारे केहि तथ्यहरु

तपाईं सपना देख्नुुहुन्छ ? भविष्य बनाउने सपना होइन, निदाउँदा देख्ने सपना । देख्नुहुन्न भने पनि तपाईंले अरू कसैले सपना देखेको भनेको त सुन्नुभएकै होला । कतिपय मान्छेले निकै डरलाग्दा सपना देखेको पनि बताउँछन् । कोही सपनामा अनौठो ठाउँमा पुगेको सुनाउँछन् । मानिसहरू आफ्नो जीवनको तीन भागको झन्डै एक भाग सुतेरै बिताउँछन् । त्यो अवधिमा धेरै खालका सपना देखिन्छ । कतिपयले देखेको सपना पूरै सम्झन्छन् र वर्णन गर्छन् । कतिपयले भने देखेको सपना बिरलै सम्झन्छन् । अझ कतिपयले त सपना देखेको वा नदेखेको पनि सम्झँदैनन् । जानौँ सपनाबारेका १० रमाइला तथ्यहरू :

१. ९० प्रतिशत सपना बिर्सन्छौँ
विज्ञहरूका अनुसार देखेकोमध्ये ९० प्रतिशत सपना बिर्सन्छौँ । यो संख्या व्यक्तिपिच्छे फरक पर्ने गर्छ । यद्यपि, सत्य के हो भने धेरैले देखेको धेरै सपना बिर्सन्छन् । केही सपना यस्ता पनि हुन्छन् कि राम्रोसँग याद हुन्छ र अरूलाई पनि पूर्ण रूपमा सुनाउन सकिन्छ । तर, धेरै सपना भने सधैँभरिका लागि बिर्सिन्छ ।

२. दृष्टिविहीनले पनि देख्छन् सपना
हामीलाई लाग्न सक्छ, आँखा देख्नेले मात्रै सपना देख्छन् । तर, यो गलत विश्वास हो । दृष्टिविहीनहरूले पनि सपना देख्छन् । तर, उनीहरूले देख्ने सपना फरक हुन्छ । विज्ञहरूका अनुसार दृष्टि भएकाहरूले देख्ने र दृष्टिविहीनहरूले देख्ने सपना फरक हुन्छन् ।

३. नसम्झनेले पनि देख्छन् सपना
कतिपयले सोच्छन् होला, सपना याद नै छैन भन्ने व्यक्तिहरूले सपना नै देख्दैनन् । तथ्यले अरु नै देखाएको छ । केही व्यक्तिले आफूले देखेको सबै सपना पूर्ण रूपमा बिर्सन्छन् । तर, त्यसको अर्थ यो होइन कि उनीहरूले सपना नै देख्दैनन् । सबै मान्छेले सपना देख्छन् । त्यसैले याद रहँदैन भन्दैमा सपना देख्दैनन् भन्नु गलत हुनेछ ।

४. देखेकै अनुहार सपनामा
कहिलेकाहीँ सपनामा बिलकुलै नयाँ अनुहारलाई पनि देख्ने गरिन्छ । यस्तो वेला लाग्न सक्छ कि त्यो अनुहारलाई कहिल्यै देखेकै छैन । तर, सपनामा अरू वेला देखेको व्यक्तिलाई नै देखिन्छ । धेरैजसो चिनेकै व्यक्तिलाई सपनामा देखिन्छ ।

कहिलेकाहीँ नयाँ अनुहार पनि देखिन सक्छ । कतै बाटो हिँड्दा एक झलक मात्रै भए पनि देखेकै व्यक्ति सपनामा देखिन्छ । बाटो हिँड्दा नजिक भएर गएको अनुहारलाई पनि सपनामा देखेको हुन सक्छ ।

५. श्यामश्वेत सपना
प्रायः सपना रंगीन नै देखिन्छ । तर, कतिपयले देख्ने सपना रंगहीन पनि हुन्छन् । श्यामश्वेत सपना । जसमा कुनै कलर हुँदैन । केही व्यक्तिलाई उसले देखेको सपनाको रंग कस्तो थियो भन्नेबारे जानकारी पनि हुँदैन । अमेरिकी मनोविज्ञहरूको संस्थाले जनाएअनुसार वृद्धवृद्धाहरूले रंगहीन सपना देख्छन् । किन भने उनीहरू त्यस्तै श्यामश्वेत वातावरणमा हुर्किएका हुन्छन् ।

६. लुकेको अर्थ
सपनाले विभिन्न अर्थ दिने गर्छ । वा सपनाहरू सांकेतिक अर्थले भरिपूर्ण हुन्छन् भन्दा पनि हुन्छ । वास्तविक जीवनसँग सम्बन्धित रहेका निश्चित वस्तु, घटना र अनुभवहरू नै सपनामा दोहोरिने गर्छन् । सपनाको बारेमा धेरै लामो समयदेखि अध्यनहरू पनि हुँदै आइरहेका छन् । सिग्मन्ड फ्राइडजस्ता वैज्ञानिकले पनि आफ्नो महत्वपूर्ण समय सपना र त्यसको अर्थको बारेमा अध्ययन गर्नमा खर्च गरेका छन् ।

७. एक व्यक्तिले कति सपना देख्छ ?
औसतमा एकजना स्वस्थ्य र सामान्य व्यक्तिले एक रातमा चारदेखि सातवटासम्म सपना देख्छ । त्यसमध्ये कुनै सपना पूरै र लामो समयसम्म पनि सम्झिन्छ । केही सपना भने क्षणभरमै बिर्सन्छ । हामी आफूले देखेको सपना बिर्सने भएका कारण वास्तवमा कतिवटा सपना देख्यौ भनेर भन्न मुस्किल हुने गर्छ । साथै, कति लामो र कति थरीको सपना देख्यौँ भनेर यकिन गर्न पनि मुस्किल हुन्छ ।

८. के जनावरले पनि सपना देख्छ ?
बिरालो वा कुकुरजस्ता घर पालुवा जनावरले मानिसले सपनामा गर्ने जस्तै व्यवहार गरेको देखिन्छ । दबिएको स्वरमा कराएको वा रोएको सुनिन्छ । वा, उनीहरूले सुतेको वेला पनि अरू वेलामा हिँडेको जस्तै गरी खुट्टा चलाएको देखिन्छ । यसबाट के प्रस्ट हुन्छ भने यी जनावर सुतिरहेकै समयमा पनि उनीहरूको दिमागमा केही न केही त भइरहेकै छ । सत्य कुरा जनावरलाई सपनाको बारेमा सोध्न त सकिँदैन । यद्यपि, उनीहरूमा देखिने यस्ता गतिविधिबाट भने उनीहरूले पनि सपना देख्छन् भनेर अनुमान गर्न सकिन्छ ।

९. तीव्र आँखाको चाल
आँखाको चाल तीव्र हुनु वा आँखाको चाल देखिनु सपना देखिरहेको अवस्था हो । यस्तो वेला कहिलेकाहीँ शरीर नचल्ने हुन्छ । वा ‘प्यारालाइज्ड’ भएको जस्तै हुन्छ । सपना देखिरहेको समय ब्युँँझियौँ भने पनि कहिलेकाहीँ चल्न सकिरहेको हुँदैन । तर, यस्तो निकै कम व्यक्तिमा मात्रै हुन्छ ।

१०. वास्तविक घटनाको प्रभाव
कहिलेकाहीँ निदाउँदा देख्ने सपनालाई पनि वास्तविक जीवनमा भइरहेका कुराले प्रभाव पार्ने गरेको हुन्छ । जस्तो कि कसैले सपनामा बेजोडले पिसाब लागिरहेको र ट्वाइलेट जान खोजिरहेको सपना देखिरहेको हुन्छ । उक्त व्यक्ति तत्काल ब्युँझिदा वास्तवमै पिसाब लागिरहेको हुन्छ । यो सामान्य कुरा हो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…