प्रचण्डलाई हेग पुर्‍याउन लेनिन विष्ट ओली समूहमा प्रवेश गरेको शैलीमा प्रचार

siddhartha wheel mart

काठमाडौं, माघ २१ ।पूर्वमाओवादी लडाकुलाई धुमधामसाथ आफ्नो क्याम्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको योजनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खास मान्छेलाई थुतेर नेकपाको अर्को पक्षलाई मनोवैज्ञानिक दबाव दिने उद्देश्यका साथ गत साता बालुवाटारमा पूर्वमाओवादी लडाकुहरुको प्रवेश कार्यक्रम राखिएको थियो । तर, सबै बन्दोबस्त मिलाएपछि खामले सन्देश पठाइदिए, ‘पहिले मेरो मुद्दा फिर्ता हुनुप¥यो अनि मात्र खुलेर लाग्छु।’

बालुवाटारमा आयोजित कार्यक्रममा प्रवेश गर्ने अधिकांश पूर्वमाओवादी लडाकुलाई केन्द्रीय सदस्य बनाउँदै शपथ खुवाउने योजना बनाइएको बताइन्छ । तर, खामले अन्तिम क्षणमा मुद्दा फिर्ताको शर्त तेर्साइदिएपछि बालुवाटारको रणनीतिमा असर परेेको  छ।

aawash steels

पूर्वमाओवादीका एकजना नेतासँग खामले भनेका छन्( ‘प्रधानमन्त्रीसँग एकचोटि भेटेको हुँ । मुद्दा फिर्ता भयो भने मात्र सोच्न सकिन्छ भन्ने खबर पठाइदिएको छु।’

गृहमन्त्री रामबहादुर थापा बादलको प्रत्यक्ष निर्देशनमा एयरपोर्टबाट फिर्ता गर्दै पासपोर्ट जफत गरिएका लेनिन विष्टले पनि आफूले मुलुकको प्रधानमन्त्रीलाई भेट्न गएको तर कुनै पार्टी विशेषको कार्यक्रममा नगएको प्रतिक्रिया दिएका छन्।

super kinetic courier

बालुवाटारमा गएको समाचार बाहिरिएपछि केही दिनअघि पेरिसडाँडा पुगेका विष्टले भनेका छन्, ‘केपी ओली समूहमा प्रवेश गर्नेवाला छैनौं,’ उनले थपे, ‘प्रधानमन्त्रीले हाम्रा कुरा सुन्छु भनेपछि सुनाउनैका लागि किन नजाने भनेर मात्र गएका हौं । गयौं, कुरा सुनायौं । उहाँले गर्छु पनि भन्नुभएको छ । तर, हामी पार्टी प्रवेश गरेका होइनौं।’

बालुवाटारले भने प्रचण्डलाई हेग पु¥याउन लेनिन विष्ट केपी ओली समूहमा प्रवेश गरेको शैलीमा प्रचार गरेको छ । यसअघि आफूले कुनै एउटा सन्दर्भमा बोलेको विषयलाई जोडेर बालुवाटारनिकट मिडियाले प्रचारबाजी गरेको उनको तर्क छ । उनले पेरिसडाँडामा नेताहरूसँग भनेका छन्, ‘प्रचण्डलाई हेग लैजाने कि बालुवाटार लाने?’

उनी भन्छन्, ‘बालुवाटारले हेग लैजाँदैन, यो उनीहरूको रणनीति मात्र हो ।’ केही दिनअघि विष्ट पेरिसडाँडा पुगेर नेताहरूसँग खुलस्त कुराकानी गरी फर्केको स्रोतको दाबी छ । बालुवाटारको भेटपछि उनी उता गएका हुन् । भेटमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँगै थिए। विष्टले आफ्ना कुरा प्रष्टसँग राखेको पेरिसडाँडा स्रोतले बताएको छ।

त्यसक्रममा उनले भनेका थिए, ‘म केपी ओली गुटमा प्रवेश गरेको होइन भनेर विज्ञप्ति निकालेको छु । सबैले बुझ्नुपर्ने कुरा के हो भने उहाँ मुलुकको प्रधानमन्त्री पनि हो । जोसुकै प्रधानमन्त्री हुँदा पनि भेट्ने र कुरा सुनाउने हो । यसपटक मौका पाइयो, सुनाइयो । उहाँले गर्छु पनि भन्नुभएको छ । गर्नुभयो भने राम्रो । त्यो काम पार्टीले गरेर हुँदैन।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…