
काठमाडौं, माघ २१ ।आज (बुधबार) उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव छ।
बिहीबार भने पाकिस्तान र आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणाली नै नेपालमा प्रवेश गर्ने सम्भावना छ।
जसले केही दिन देशभर मौसम बदली, धेरैजसो स्थानमा हल्का वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।