दि आर्ट अफ लिभिङ्ग नेपालले राष्ट्रव्यापी रुपमा अनलाइन ह्यप्पिनेस प्रोग्राम आयोजना गर्ने

siddhartha wheel mart

दि आर्ट अफ लिभिङ्ग नेपालद्वारा ह्यापिनेस महोत्सव आयोजना गरिने भएको छ । उक्त कार्यक्रम दि आर्ट अफ लिभिङ्गका संस्थापक श्री श्री रविशंकरजीको उपस्थितिमा सञ्चालन हुने भएको छ ।

दि आर्ट अफ लिभिङ्ग नेपालले यसै माघ २८ गते देखि फागुन १ गतेसम्म नेपालभरिनै हयाप्पिनेस महोत्सव (अनलाइन ह्यप्पिनेस प्रोग्राम) आयोजना गरिने भएको छ । जसमा नेपाल भरी छरिएर रहेका सम्पुर्ण स्वयंसेवक तथा शिक्षकहरु अनलाइन प्ल्याट्फर्म Zoom मा आइ यो कार्यक्रम संचालन गरिने छ र चारदिनको अन्तरालमा यसै दि आर्ट अफ लिभिङ्गका संस्थापक श्री श्री रविशंकर जि को पनि उपस्थिति रहने छ ।

aawash steels

दि आर्ट अफ लिभिङ्गका स्वयंसेवक रोशन कोइराला भन्नुहुन्छ,”दि आर्ट अफ लिभिङ्ग संस्था गैरनाफामुलक संस्था हो । यो संस्था १५५ भन्दा बढि देशहरुमा स्वयंसेवकहरुले चलाउदै आइरहेको छौँ र यस संस्थाको मुल नारा “तनावमुक्त मन र हिंसारहित समाज” रहेको छ । यस संस्थाका सस्थापक श्री श्री रविशंकर जी  हुनुहुन्छ ।

दि आर्ट अफ लिभिङ्ग संस्थाले नेपाल लगायत बिश्वका धेरै मुलुकहरूमा सेवामुलक कार्यहरु गर्दै आइरहेको छ । चाहे त्यो भुकम्पको बेला होस् या बाढी पहिरोको साथै यो कोरोना महामारीको समयमा पनि दि आर्ट अफ लिभिङ्गले थुप्रै सेवामुलक कार्यहरु गरिरहेको कुरा बिदितै छ।

super kinetic courier

हयाप्पिनेस महोत्सव अन्लाइन ह्यप्पिनेस कार्यक्रममा गराइने अभ्यासहरु :

१) जिवनमा दिनहु आइपर्ने समस्यासँग लड्नको लागि चाहिने व्यवाहारिक ज्ञान

२) संवादात्मक (इंटरैक्टिव)अभ्यास

३) योगासन अनि विश्रामदायक शारीरिक व्यायाम

४) ध्यान अनि प्रभावशाली श्वासप्रश्वास प्रकृया (सुदर्शन क्रिया)

 

यस ४ दिने अनलाइन कार्यक्रमका फाइदाहरु :

१) आंतरिक अनि बाहिरी व्यक्तित्वमा विकास

२) तनावमा कमि

३) आनन्द अनि उत्साहको विकास

४) कार्यकुशलमा अनि उत्पादकता (productivity)

५) निर्णय लिन सक्ने क्षमतामा विकास

६) सम्बन्ध उत्तम तरिकाले अगाडि बढाउन सक्ने क्षमतामा विकास

 

कार्यक्रमका सहभागीहरुले यसका साथै थुप्रै लाभहरु उठाउन सक्नेछन् ।यस ह्यप्पिनेस महोत्सव (अनलाइन ह्यप्पिनेस प्रोग्राम) मा सहभागी हुन तल उल्लेख गरिएको कुनै पनि नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

१) 01-5242200

२) 9810553757

३) 9860677393

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…