पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टी

siddhartha wheel mart

माघ २०,काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप  १७१ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा २ हजार ८४६ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ।

aawash steels

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७८ हजार ९८ पुगेको छ। गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २५९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ।यस्तै, देशभर हाल ८४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

६८ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।बागमती प्रदेशमा ३२ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ४ आइसियु र १ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

super kinetic courier

कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे…

काठमाडौं,फाल्गुन २१ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे सम्झौता भएको छ। यससँगै तीन वर्ष भूमिगत भएका विप्लव शुक्रबार प्रधानमन्त्री केपी…

कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण जनावरमा देखिन सुरु

२१ फागुन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रजातिको संक्रमण बाख्रा, घोडालगायतका जनावरमा पनि देखिएको एक अध्ययनले बताएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा…

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…

प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनमा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई विष्णु…

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।…