खानेपानी मन्त्री थापाले सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेेेेकपा नेतासँग भेटवार्ता

siddhartha wheel mart

काठमाडौं, माघ २० ।खानेपानी मन्त्री मणि थापाले सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’सँग भेटवार्ता गरेका छन्।

मन्त्री थापाले मंगलबार बिहान नख्खु कारागर पुगेर नेता वलीसँग भेटवार्ता गरेको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

मन्त्री थापा खानेपानीको अनुगमनका लागि नख्खु पुगेको र सोही  अवसरमा उनीहरुबीच भेटवार्ता भएको गौतमले जानकारी दिए। मन्त्री थापालाई नेता वलीले जेलमा स्वागत गरेका थिए।

aawash steels

‘आज बिहान नख्खु जेलमा खानेपानीको अवस्था बुझ्न जाने क्रममा विप्लव नेता हेमन्तप्रकाश वलीसँग मन्त्रीज्यूको भेट भएको हो,’ गौतमले भने। वलीसँग मन्त्री थापाले केहीबेर संवाद गरेको गौतमले बताए।

‘उहाँहरुबीच केहीबेर कुराकानी भयो, खासमा कारागारमा खानेपानीको अवस्थाकै विषयमा कुराकानी भएको हो,’ गौतमले थपे।

super kinetic courier

गौतमले मन्त्री थापाले वलीलगायत अन्य कैदीबन्दीसँग समेत भेट गरेको बताए। ‘मन्त्री थापाले वलीसहित कैदी जीवन विताइरहेका अन्य केही व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नुभएको छ’, गौतमले भने।

 

पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको चर्चा चलिरहेका बेला मन्त्रीले जेलमै पुगेर विप्लवका नेतालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सरकार र समूहबीच वार्ता गराउनको लागि खानेपानी मन्त्री थापाले सक्रियता देखाइरहेका छन्।

मन्त्री थापा र नेता वली दुवै पूर्वमाओवादी हुन्। माओवादी विभाजनपछि नेता वली विप्लव समूहमा लागेका हुन्। थापापछिल्लो समय प्रचण्डको साथ छाडेर ओली समूहमा गएर मन्त्री बनेका छन्।

नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा २०७५ चैतको पहिलो हप्ता वली काभ्रेबाट पक्राउ परेका हुन्।

जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, उनलाई नख्खु कारागार चलान गरिएको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…