म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव

siddhartha wheel mart

काठमाडौं, माघ २० ।म्यानमारमा सेनाले सोमबारदेखि सत्ता कब्जा गरी एक वर्षका लागि संकटकाल लगाएको छ।

त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएका कारण म्यानमारको परिस्थिति यतिबेला जोखिमपूर्ण छ।

यही कुरा विचार गरी म्यानमारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

aawash steels

त्यहाँ रहेका बीबीसीका नेपाली पत्रकार दीपक भट्टराईका अनुसार दूतावासले पठाएको इमेलमा भनिएको छ- ‘म्यानमारको राजनीतिक घटनाक्रमले जुलुस, र्‍याली हुन सक्छ। सञ्चार बन्द छ/थप हुन सक्छ। घरबाहिर निस्किँदा सावधान रहनुहोला। आवश्यक कामबाहेक घरबाहिर ननिस्किनुहोला।’

अगाडि लेखिएकाे छ- ‘छरछिमेकमा हुने घटनाबारे जानकारी राख्नुहोला। घरमा कम्तीमा १० दिनको खाद्यवस्तु सञ्चित राख्नुहोला।’

super kinetic courier

पत्रकार भट्टराईका अनुसार राति त्यहाँको सैनिक सरकारले पुराना २४ मन्त्रीलाई हटाई ११ मन्त्री थपेको छ। नयाँ मन्त्री सेनाका पूर्वजनरल, कोलनल र केही पदमै भएका छन्। रमाइलो चाहिँ परराष्ट्र तीनवटा भएका छन्।

This is life in #Yangon this morning after 8am. #Myanmar pic.twitter.com/mXMetnaAKe

— Dipak Bhattarai (@dipakbhattarai) February 1, 2021

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…