खड्गप्रसाद गौचन मेमोरियल क्रिकेटमा धनगढी र न्यू होराइजन विजयी

रुपन्देही, माघ १९ ।रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार भएको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेट र न्यू होराइजन क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ७२ रनले पराजित गरेको छ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित १५ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९६ रन बनायो। उसका लागि सागर कुँवर ४३, नितिन छन्त्याल २० रन बनाए।

बलिङमा धनगढीमा रजत राना र निरज ऐरले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको धनगढीले १४.३ ओभरमा ३ विकेट क्षतिमा ९९ रन बनायो। उसका उसको जितमा संदीप विष्टले ६४ रन बनाए। यस्तै, पुष्पराज उपाध्यायले १७ रन बनाए। बलिङमा स्टारका अलदीप कुँवर र राजन कुमार भुजले १-१ विकेट लिए। संदीप विष्ट म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस हारेर बलिङको निम्तो पाएको होराइजनले निर्धारित १५ ओभरमा ३ विकेटको क्षतिमा १४६ रन बनायो। उसका लागि अनिल थापाले नटआउट ७० र प्रकाश गिरीले ४० रन बनाए। बलिङमा ओसिसका निश्चल श्रेष्ठ र भार्गव खनालले १-१ विकेट लिए। जवाफी ब्याटिङ गरेको ओसिसले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा ७४ रन बनायो। जसमा सम्राट भुसालले १७ र वबिन बोहराले १६ रन बनाए। बलिङमा होराइजनका सुभम खनालले ३ र अनिल थापाले २ विकेट लिए। खेलमा अनिल थापा म्यान अफ द म्याच भए।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ। पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ।

स्व.खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…