
काठमाडौं, माघ १९ ।छिमेकी देश भारतले नेपाललाई ऋण र अनुदानस्वरुप आठ अर्ब भारु दिने भएको छ।
सन् २०२१/०२२ को बजेटमा यस क्षेत्रका १० देशलाई भारतले ६२ अर्ब ५१ करोड ६५ लाख भारु प्रदान गर्ने उल्लेख छ।
सोहीअनुसार नेपालले आठ अर्ब भारु पाउने भएको हो। नयाँ बजेटमा सबैभन्दा धेरै भुटानले २० अर्ब ५२ करोड ३७ लाख भारु अनुदान र ८ अर्ब ३२ करोड २८ लाख ऋणस्वरुप पाउनेछ।
त्यस्तै मौरिससले १० अर्ब २५ करोड, अफगानिस्तानले ९ अर्ब ९२ करोड पाउनेछ। यसबाहेक माल्दिभ्स र म्यानमारले ३ अर्ब, बंगलादेश र श्रीलंकाले २ अर्ब, सिसिलीले १ अर्ब ४० करोड र मंगोलियाले २ करोड भारु पाउनेछ।