निर्वाचन आयोगलाई नेकपाभित्रको विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सुझाव

काठमाडौ, माघ १९ ।निर्वाचन आयोगलाई नेकपाभित्रको विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सुझाव दिएका छन्।

सोमबार आयोगले बैशाखमा घोषणा भएको चुनाव, नेकपाभित्रको आधिकारिकताको विवाद समाधान लगायतका विषयमा छलफल गर्नका लागि पुर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको थियो।

सरकारले प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गतेका लागि चुनावी तयारी सुरु गर्न आयोगलाई निर्देशन दिएपछि आन्तरिक तयारीमा रहेको आयोगले पूर्व प्रमुख आयुक्तहरु अयोधिप्रसाद यादव, निलकण्ठ उप्रेती, भोजराज पोखरेल र सूर्यप्रसाद श्रेष्ठसँग छलफल गरेको हो। नेकपाभित्रको विवाद समाधान, राजनीतिक दल दर्ताको सूचना प्रकाशनका विषयमा कसरी जाने भनेर छलफल गर्न बोलाएको थियो।

छलफलमा नेकपाको एउटै दलभित्र देखिएको समस्या समाधान नगरी अघि बढ्दा त्यो प्रत्युत्पादक हुने भएकोले त्यसो नगर्न उनीहरुले सुझाव दिएका थिए।

‘निर्वाचन आयोगले आन्तरिक रुपमा निर्वाचनको तयारी गरिरहेको र नेकपाको एउटै दलभित्र विवाद चर्किएको, दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेका बेला कसरी जान सकिन्छ भनेर सुझाव माग गर्नुभयो,’ पूर्वप्रमुख आयुक्त अयोधिप्रसाद यादवलेभने।

उनले आफूहरुले नेकपाको विवाद निरुपण नगरी अगाडि बढ्न उपयुक्त नहुने सुझाव दिएको बताए।

‘अहिलेको अवस्थामा नेकपाको एउटै दलभित्र देखिएको विवाद समाधान र निक्र्योल नगरी आयोग अघि बढ्नु उपयुक्त हुँदैन,’ छलफलमा दिएको सुझाव उद्धृत गर्दै यादवले थपे।

साथै आयोगले नेकपाको विवाद समाधानको लागि दुबै अध्यक्षसँग सामुहिक छलफल गर्नुपर्ने सुझाव दिएको उनले बताए।

उनले भने, ‘दुबै अध्यक्षलाई बोलाएर छलफल गर्नुस्, उहाँहरुको सहभागिताविना विवाद निरुपण हुन सक्तैन, अहिले छलफल गरेर आयोगले प्रष्टसँग भनिदिनुपर्छ।’

चुनावको मिति सारेर भएपनि राजनीतिक दललाई दल दर्तामा सहभागी हुने अवस्था सिर्जना गर्नुपर्ने र नेकपाको विवादका कारण अरु दलहरुसमेत चुनावमा सहभागी हुने वातावरण नबिग्रियोस् भन्ने कुरामा सबैले जोड दिएका थिए।

‘निर्वाचन लोकतान्त्रिक हुनुपर्ने र त्यसका लागि दलीय सहभागिता नै प्रमुख कुरा रहेको विषयमा आयोग गम्भीर बन्नुपर्ने सबैको साझा सुझाव थियो,’ यादवले भने।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि नेकपाको पार्टी विवादलाई सहमतिमा नलिइकन निर्वाचन प्रक्रिया सुरु नगर्दा राम्रो नहुने सुझाव आएको बताए।

‘उहाँहरुले नेकपा पार्टीभित्रको विवादमा सहमति नलिइकन निर्वाचनका कार्यक्रममा ह्वात्तै नजान सुझाव दिनुभयो,’ सुझावबारे थपलियाले भने, ‘चुनावको कार्यक्रम अघि बढाउन ढिलै भइसक्यो तर दलको विवाद समाधान गर्न बरु उहाँहरुलाई नै जोड दिऊँ र राजनीतिक वातावरण बनाउने काममा जोड गर्नुस् भन्ने उहाँहरुको सुझाव रह्यो।’

भर्खरै प्रकाशित

Dealing With Direct Lenders For Payday Loans – The Thing…

Another big pull which keeps new borrowers coming to payday loan online applications each day is the access. Are you ashamed of one’s debt and…

List Of Good Causal Evaluation Essay Topics And The Most…

As simple as it’s, the aim of the descriptive essay is to explain or portray its subject. It can concentrate on any topic or issue…

Tips On How To Write A Conclusion For A Evaluate…

Before you start writing your compare and contrast essay, you should compare and distinction essay ideas that may showcase your writing and analytical abilities. Therefore,…

Paraphrase A Track Example Lyrics

If you make paraphrasing a every day follow, you’ll enhance not just your paraphrasing abilities but also your language grasp. Today, there are a variety…

100+ Rhetorical Analysis Essay Subjects For Students In 2022

For a overwhelming majority of scholars, that is, arguably, the toughest a half of writing an analytical essay. This is some extent the place you…

Persuasive Essay

Topnotch writers use the gun management essay titles to have an audience for his or her piece. We shall explore some of these nice subjects…