कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक

siddhartha wheel mart

काठमाडौं, माघ १९ ।कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार बिहान नतिजा सार्वजनिक गरेको हो।नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिनेछ।

वैशाख/जेठमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण यस वर्ष ढिला गरी मंसिरमा मात्रै भएको थियो।

aawash steels

यसपटक परीक्षा बोर्डले ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ। थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको हो।

यस वर्ष कक्षा १२ काे परीक्षामा ४ लाख ३२ हजार ५ सय जना सहभागी भएका थिए । विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ।

super kinetic courier

विश्वविद्यालयहरूले स्नातक तहमा यसअघि नै भर्ना खोलिसकेका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…

काठमाडौंमा फेरि बर्डफ्लु संक्रमण देखियो

काठमाडौं,फाल्गुन १५ । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु…

ओली नेतृत्वको नेकपाका सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न

काठमाडौं,फाल्गुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न भएको छ। शुक्रबार दरबारमार्गस्थित होटल याक…

कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल

काठमाडौं,फाल्गुन १४ । काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो।…