साताको पहिलो दिन आज नेप्से परिसूचक ५४.७५ अंकले ओरालो लाग्यो

काठमाडौं, माघ १८ ।साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ५४.७५ अंकले ओरालो लागेको छ। त्यस्तै सेन्सिटिभ सूचक ९.७३ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको कारोबार भएकोमा १ करोड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता सेयर बिक्री भएको छ।

आज ९६ हजार १ सय ५६ पटकको खरिदबिक्रीमा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँको सेयर कारोबार भएको छ।

आज १२ वटै समूहका कारोबार सूचक राताम्य छन्।

आइतबार नेपाल लाइफ इन्स्योरेन्सको ३९ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोडको, एनआईसी एसियाको २८ करोडको कारोबार भएको छ।

आज प्रभु लाइफ इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स प्रोमोटर सेयरको सकारात्मक सर्किट लागेको छ। गुमाउने कम्पनीहरुले आज ८.३० प्रतिशतसम्म घाटा व्यहोरेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…