अनेरास्ववियुको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै

१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियुको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् ।

प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागिएको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अनेरास्ववियुले स्थानीय तहमा बुझाउन तयार पारिएको ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली  आयोजना गर्न थालेको छ । यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं ।’

अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्न र जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न पनि अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको छ ।

स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको छ ।

अनेरास्ववियुको प्रचण्ड–माधव समूह संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनमा छ । यस चरणमा उसले बालुवाटारमा धर्ना दिने, सरकारी गाडी चल्न दिने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

अनेरास्ववियुले स्थानीय तहमा बुझाएको ज्ञापन पत्र

अनेरास्ववियु
प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…