संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने

काठमाडौं, माघ १८ ।नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ।

आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको हो।

कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई सरकारले विदेशीलाई पनि नागरिकता दिने नयाँ व्यवस्था ल्याएको हो।

यूएईका उपराष्ट्रपति एवं शासक शेख मोहम्मद बिन रसिद अल मकतुमले भनेका छन्, ‘लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारलगायतका क्षमतावन् व्यक्तिहरुलाई यूएईको नागरिकता दिइने छ।’

साथै ती व्यक्ति तथा तिनको परिवारका सदस्यले दोहोरो नागरिकतासमेत राख्न पाउने उनले बताएका छन्।

बीबीसीका अनुसार यूएईको नागरिकताका लागि अलग्गै आवेदन दिनुपर्दै। त्यसका लागि यूएईका शाही परिवार र सरकारी अधिकारीले नागरिकता दिइने विदेशी नागरिकको नामावली तयार पार्नेछन् भने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्नेछ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…