कोरोना खोपबारे फेरियो प्रधानमन्त्री ओलीको बोली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नागरिकले कोरोना खोप नपाउने बताएका छन्।

शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र फ्रन्ट लाइनमा रहेकालाई र एक वर्षभित्र सबै नागरिकलाई लाइसक्ने बताएका हुन्।

उनले भारतबाट प्राप्त १० लाख खोप फ्रन्ट लाइनमा रहेकालाई लगाउन सुरु गरिएको भन्दै सन् २०२१ भित्र सबै नागरिकलाई खोप पु¥याउने बताएका हुन्।

‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ फ्रन्ट लाइनमा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं’, प्रधानमन्त्री ओलीले भने, ‘बाँकी जनतालाई क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड– १९ लाई हामी नेपालबाट भगाउँछौं।’

माघ १४ गते बुधबार बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं’, प्रधानमन्त्री ओलीले भनेका थिए।

त्यसको तीन दिनमै प्रधानमन्त्री ओलीले बोली फेरका हुन्।

सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना अघि सारेको छ। सरकारी अधिकारिहरुले सबै नागरिक हरुलाई खोप दिनका लागि एक वर्ष लाग्ने बताए पनि प्रधानमन्त्री ओलीले तीन महिनमै दिन सकिने बताएका थिए।

नेपालले कोभिशिल्ड खोपलाई मान्यता दिएर भारतबाट तत्कालका लागि १० लाख खोप ल्याएको छ। त्यसबाहेक अन्य मूलुकसँग पनि खोपका बारेमा कुरा चले पनि अहिलेसम्म टुंगो नलागेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…