प्रधानमन्त्री ओली आज चितवन आउने भएपछि प्रचण्ड-माधव पक्षको भरतपुरका मुख्य सडकमा टायर बालेर विरोध

माघ १७,काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउँदै गर्दा नेकपा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडक पर्चा र टायर बालेका छन् । उनीहरुले भरतपुरको मुख्य चोकहरुमा टायर बालेका हुन् भने नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठाकुरले जानकारी दिए । अनेरास्ववियू लेखिएको कालो पर्चामा असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, जनमतको कदर गर , निरंकुशता लाद्न पाइदैन लगायतका नारा लेखिएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुरमा  आउने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओली चितवन आएर आफ्नो सम्बोधन अघि महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्दै छन् । यसको  भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए । महानगर र नेकपा चितवनले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चर्चाका लागि काम सुरु भएको योजना शिलान्यास गर्न आएको आरोप लगाएका छन् ।

aawash steels

महानगरपालिकाको निरन्तर पहलमा सुरु भएको र तीव्र गतिमा काम भएको अवस्थामा महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छिन्  भने नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले ओली समूहका केही व्यक्तिले जिल्लामा नेकपा जिल्ला कमिटीको नाममा गतिविधि गरेकोमा आपत्ति जनाएका थिए ।

विधानबमोजिम गठित आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सो कार्यक्रमलाई गुटको कार्यक्रम भनेका थिए । प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले सत्ता र पदको दुरुपयोग गरी जनतालाई भ्रम छर्न लागिपरेको र आफैँले घोषणा गरेको निर्वाचनको आचारसंहिताविपरीत कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन गरिनु हास्यापद रहेको उनको भनाइ छ ।

असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा चितवनमा नेकपा दाहाल– नेपाल समूह निकट नेता कार्यक्रताले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् । चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला पनि हो । यहाँ ओली पक्षको तुलनामा प्रचण्ड– नेपाल पक्ष बलियो देखिन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…