संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोप लगाए

काठमाडौं, माघ १७। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै सो कुराको जानकारी गराएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताएका छन ।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौँ, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस भनी कामना गर्दछौँ “, गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरु पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ ।

उनले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए । वृद्धवृद्धाहरुका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…