सरकारले जनयुद्धका समयमा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारका सदस्यलाई परिचयपत्र वितरण सुरु

काठमाडौं, माघ १६ ।सरकारले जनयुद्धका समयमा बेपत्ता पारिएका व्यक्तिहरुको परिवारका सदस्यलाई परिचयपत्र वितरण सुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमार्फत पीडित पहिचान तथा परिचयपत्र वितरणको सुरुवात भएको हो ।

आयोगले बर्दियाको गुलरियाबाट परिचयपत्र वितरणको सुरुवात गरेको हो । यसअघि सरकारले गणतन्त्र ल्याउनका लागि योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय गरिसकेको छ ।

गत माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले लोकतन्त्रका योद्धाहरुको सम्मानका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा तीन सदस्सीय कार्यदल गठन गरेको थियो । ज्ञवालीको उपस्थितिमा परिचयपत्र वितरण सुरु भएको हो ।

उक्त कार्यदलले शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाहरुको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार पाएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…