अफ्रिका महाद्वीपमा महामारीको दोस्रो लहर लामो समय रहने डब्लुएचओको चेतावनी

काठमाडौं, माघ १६ ।विश्वमा कारोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १० करोड २० लाख नाघेको छ। संसारमै सबैभन्दा बढी संक्रमण फैलिएका मुलुकमा पहिलो अमेरिका र दोस्रोमा भारत हुन्।

यसबीच धेरै देशमा कोरोना संक्रमण लगभग नियन्त्रण भइसकेको थियो, तर ती मुलुकमा पनि पछिल्लो समय संक्रमण बढ्न थालेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अफ्रिकामा कोरोनाको दोस्रो लहर चलिरहेको छ।

डब्ल्यूएचओका एक शीर्ष अधिकारीले धेरैवटा अफ्रिकी मुलुकमा अहिले कोरोनाको नयाँ स्ट्रेन (प्रकार) फेला परेको छ। जसका कारण अफ्रिका महाद्वीपमा महामारीको दोस्रो लहर लामो समय रहने देखिएको छ।

डब्ल्यूएचओको अफ्रिका महाद्वीपका क्षेत्रीय निर्देशक मातसिदिसो मोइतीले बिहीबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘कोरोनाको नयाँ स्ट्रेन धेरै नै संक्रामक छ। सुरुमा दक्षिण अफ्रिकामा देखापरेको यो नयाँ प्रजाति विश्वका धेरै देशमा फैलिसकेको छ। यो नयाँ कोरोना धेरैवटा अफ्रिकी मुलुकमा तेज गतिमा फैलिरहेको छ।’

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको यो नयाँ प्रकार ‘५०१ वाई. वी २’ पहिले दक्षिण अफ्रिकामा पाइएको थियो। यो निकै संक्रामक छ। यो नयाँ स्ट्रेन दक्षिण अफ्रिकाका अलावा जाम्बिया, घाना, केन्या र बोत्सवानालगायत देशमा पनि फैलिरहेको छ।

संगठनका अनुसार कोरोनाको यो नयाँ प्रकार ३० भन्दा बढी देशमा फैलिसकेको छ। पछिल्लो समय यो नयाँ प्रकार ८ मुलुकमा पुगेको छ।

यस्तै बेलायतमा पाइएको नयाँ कोरोना अहिलेसम्म ७० देशमा फैलिसकेको छ। जसमा भारत र अमेरिकामा पनि पर्छन्।

तर फाइजर र बायोएनटेक कम्पनीले आफूहरूले बनाएको खोपले बेलायत र दक्षिण अफ्रिका दुवै देशमा देखिएका कोरोनाका नयाँ प्रकारविरुद्ध पनि काम गर्ने दाबी गरेका छन्। नयाँ कोरोनाविरुद्ध उक्त खोपको प्रभावबारे गरिएको अध्ययनको प्रतिवेदन बायोआरविक्स पत्रिकामा प्रकाशन भएको छ।

फाइजर–बायोएनटेक कम्पनीले भनेका छन्, ‘पुरानो र नयाँ कोरोनामा खासै अन्तर छैन। यसकारण हाम्रो खोपले नयाँ स्ट्रेनविरुद्ध पनि काम गर्छ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…