बेलायतबाट नेपाल आउने हवाई उडानमा लगाइएको प्रतिबन्ध हटाइयो

काठमाडौं, माघ १६ ।बेलायतबाट नेपाल आउने हवाई उडानमा लगाइएको प्रतिबन्ध नेपाल सरकारले हटाएकाे छ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखापरेपछि गत डिसेम्बर तेस्रो सातादेखि बेलायतलगायत मुलुकबाट नेपालमा प्रवेश निषेध गरिएको थियो।

नेपाल सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश–२०७७’ लागू गरेपछि हवाई यात्राको प्रतिबन्ध बिहीबारबाट हटाएको हो।

लन्डनस्थित नेपाली दूतावासले बिहीबार सूचना जारी गरी संयुक्त अधिराज्य (बेलायत), आयरल्यान्ड र माल्टाबाट नेपाल भ्रमण गर्न पाउने जनाएको छ। तर केही सर्त भने पालना गर्नुपर्नेछ।

बेलायतबाट नेपाल जाने यात्रुले यात्रा गर्नुअघि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट, नेपालमा बस्न होटेल बुक गरेको प्रमाण साथमा लिएर मात्र यात्रा गर्न पाउनेछन्। यात्रापूर्व आफनो यात्रा विवरण लन्डनस्थित नेपाली दूतावासलाई इमेलमा पठाउनुपर्नेछ।

त्यस्तै नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रूपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जान दूतवासले जारी गरेको सूचनामा भनिएको छ।

यस्तै नयाँ भेरिएन्टको संक्रमण भएका संयुक्त अधिराज्यलगातयका मुलुकबाट प्रस्थान गर्ने सबै यात्रुले हवाई टिकट खरिद गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा क्वारेन्टिनका लागि अनिवार्य रूपमा बुक गरेको हुनुपर्नेछ। सम्बन्धित वायु सेवाले अनिवार्य रूपमा होटल बुकिङ गरेको प्रमाण हेर्ने भएकाले बुकिङ गरेको प्रमाण लिएर यात्रा गर्नुपर्ने हुन्छ। होटल बुकिङको खर्च सम्बन्धित यात्रुले नै बेहोर्नु पर्नेछ।

यसरी होटल क्वारेन्टिनमा बस्ने यात्रुले नेपालमा १० दिन होटल क्वारेन्टिनमा अनिवार्य रूपमा रहनुपर्ने हुन्छ। तर ५ दिनपछि आफनै खर्चमा कोभिड १९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन आफनै निवासमा बस्न सक्ने जनाएको छ।

गैरआवासीय नेपाली तथा विदेशी नागरिकले अनिवार्य रूपमा दूतावासबाट भिसा लिएर मात्र यात्र गर्न पनि सो सूचनामा उल्लेख छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…