कोरोना भाइरसको संक्रमणविरुद्ध आज सम्म २८ हजार ७३२ जनाले खोप लगाए

काठमाडौं, माघ १५ ।कोरोना भाइरसको संक्रमणविरुद्ध आज (बिहीबार) सम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्म ७७ जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका हुन्।

जसमध्ये प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन्।

aawash steels

आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ।

सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो। तीन महिनाभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको छ।

कोरोनाविरुद्धको खोप लगाउन थालिएको आज दोस्रो दिन हो। हिजो पहिलो दिन नौ हजारले खोप लगाएका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…