मनाङमा मंगलबार रातिदेखि लागेको डडेलो अझै नियन्त्रणमा आएन

मनाङ, माघ १५ ।मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको डडेलो अझै नियन्त्रणमा आएको छैन। आगो निभाउन नसक्दा स्थानीय बस्तीहरु जोखिममा परेका छन्।

डडेलोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन खटिएको छ। मानव बस्ती भएको वडा नम्बर ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नम्बर ५ थोँचे खतरामुक्त रहेको छ।

आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयास सुरु गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। डडेलो कसरी फैलियो खुलेको छैन। प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास जारी रहेको प्रजिअ लामिछानेको भनाई छ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा डडेलो फैलिएको हो। धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी डडेलोले सखाप भएको छ। अहिलेसम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

‘भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको छ, आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम बढेको छ,’ उनले भने, ‘जोखिम मोलेरै भए पनि १०० जनाको टोली आगो निभाउन खटिइरहेको छ। हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढासम्म डडेलो आइपुगेको छ।’

नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का गरिएको छ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताए। ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको सुरक्षाकर्मीले बताएका छन्। ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर निभाउने प्रयास गर्दै छौँ। सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो भने निभाइएको छ,’ गौतमले भने।

यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। आगलागीले महत्वपूणै जडीबुटी नष्ट हुनुको साथै जङ्गली जनावरको बास उठेको छ। अग्ला पहाडमा रहेको जङ्गलको आगोबाट मानव बस्तीलाई जोगाउनुबाहेक निभाउन कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

मङ्सिर ११ गतेदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताए। किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…